कारागारभित्र दुई कैदी मृत्युको निष्पक्ष छानबिन गर्न आफन्तको माग
संखुवासभा | साउन २५, २०८०
फाइल तस्बिर
सङ्खुवासभा जिल्ला कारागारमा दुई कैदीको बुधबार बिहान मृत्यु भएपछि आफन्तले निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।
कारागारभित्र भएको हत्यासम्बन्धी घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै उनीहरूले उक्त घटना शंकास्पद भएको र प्रहरीको पनि मिलोमतो भएको आशङ्का गरेका छन्।
सुरक्षा घेराभित्र रहेको व्यक्तिको कुटपिटबाट हत्या हुँदा प्रहरी प्रशासन मौन बसेको आरोप लगाउँदै मृतककी दिदी भीमा रम्तेलले सत्यतथ्य बाहिर नआउञ्जेल शव नउठाउने बताए। प्रहरीले सिसीटिभी क्यामेरा फुटेज अझै बाहिर नल्याएकोमा उँहाले शङ्का व्यक्त गरे । प्रहरीले भने जिल्ला कारागारमा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको बताउँदै आएको छ। प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले घटनाको सत्यतथ्य छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रहरी र कारागार प्रशासनका कर्मचारी संलग्न रहेछन् भने अनुसन्धान गरेर कारबाही गरिने र छानबिन समितिले पनि १० दिनभित्र यथार्थ बाहिर ल्याइने उनले बताए । हत्याको घटनापछि प्रहरीले नौ कैदीबन्दीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। ती कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन । यो कारागार २५ जना अटाउनेक्षमताको भए पनि विभिन्न मुद्दाका एक सय ३६ कैदीबन्दी राखिएको छ।
मृत्यु भएका नुवाकोट ककनी ७ का आकाश बलामी चोरी मुद्दामा सजाय भोगिरहेका थिए। अर्का मृतक जबर्जस्ती करणीमा मुद्दा खेपिरहेका सङ्खुवासभा मादी नगरपालिका–५ का विनोद तोलाङ्गी थिए। कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरूलाई प्रहरी र कारागार प्रशासनले बुधबार बिहान एक बजे नियन्त्रणमा लिइएको र नियन्त्रण लगतै भएको कुटपीटपछि ती दुईको मृत्यु भएको प्रहरीको जिकिर छ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

